१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

म्युजिक भिडियाेमा नेपालकाे राष्ट्रिय झण्डा जलाउने एक जना पक्राउ

२ भदाै, काठमाडाैँ । नेपालकाे राष्ट्रिय झण्डा जलाएकाे म्युजिक भिडियाे बनाउने एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उक्त भिडियाे बनाउने ‘क्यामेराम्यान’लाई पक्राउ गरेको हाे । प्रहरीले पक्राउ परेका व्यक्तिकाे परिचय भने खुलाएको छैन।

एक युट्युव च्यानल मार्फत सोमबार ‘देशद्रोही’ नामको म्युजिक भिडियाे सार्वजनिक भएको थियो। त्यस भिडियाेमा गायक गेल्जङ दोर्जे तामाङले झण्डा जलाएका छन् । भिडियाेमा नेपालकाे झण्डा जलाउने तामाङकाे गरिरहेकाे प्रहरीले प्रहरीले जनाएकाे छ ।

मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा उक्त म्युजिक भिडियाे  खिचिएको छ । यक्त भिडियाेमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्री केपि शर्मा ओलीकाे समेत फाेटाे जलाइएकाे छ । प्रहरीले यस्तो भिडियाेलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ।

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। यदि कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै सजाय हुन सक्नेछ।

प्रकाशित मिति : August 18, 2020 at 3:39 pm