१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष पदले बल्ल बैधानिकता पायो, दुर्गा भण्डारीले जिम्मेवारी पाइन

१ भदौ, काठमाडौँ । सरकारले प्रेस काउन्सिल नेपालको नियमावलीमा परिवर्तन गर्दै पहिलो पटक कार्यबाहक अध्यक्ष हुने व्यवस्थालाइ बैधानिकता प्रदान गरेको छ । योसँगै सरकारले प्रेस काउन्सिलको कार्यबहाक अध्यक्षको जिम्मेवारीमा नवनियुक्त सदस्य दुर्गा भण्डारीलाइ तोकेको छ ।

काउन्सिलको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएकी दुर्गा भण्डारी ।

यसअघि काउन्सिलको सदस्य किशोर श्रेष्ठले नियमावलीमा व्यवस्था नै नभए पनि सदस्यहरूको बैठक राखेर आफूलाइ कार्यबहाक अध्यक्ष बनाएका थिए । भण्डारीले कार्यबाहकको जिम्मेवारी पाएसँगै श्रेष्ठले यसअघि लिएको जिम्मेवारी खोसिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नियमावलीमा हेरफेर गर्दै यस्तो निर्णय गरेको हो ।

यसअघि नियमावलीमा कार्यबाहकको व्यवस्था नभएको कार्यबाहको रूपमा श्रेष्ठले तलब सुबिधा लिँदा महालेखा परीक्षकको प्रतिवेदनले बेरूजु देखाइदिएको थियो । काउन्सिलको अध्ययक्षमा नियुक्त भवानी बरालबिरूद्ध अदालतमा मुद्दा बिचाराधिन रहेका कारण काउन्सिल लामो समयदेखि नेतृत्वबिहीन रहेको थियो ।

काउन्सिलको कार्यबाहक अध्यक्षको जिम्मेवारीबाट मुक्त भएका किशोर श्रेष्ठ ।

प्रकाशित मिति : August 17, 2020 at 11:03 pm