१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

घुससहित वाणिज्य विभागका नासु पक्राउ

१ भदाै, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दश हजार घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशङ्कर महतोलाई आज पक्राउ गरेको छ ।

फर्मको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइआएका सेवाग्राहीबाट उक्त रकम घुस लिएका अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 17, 2020 at 8:06 pm