काठमाडौँ उपत्यकामा थपिए १६८ जना काेराेना संक्रमित
१ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दिनदिनै बढ्दै गएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १६८ जना काेराेना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न ल्याबमा गरिएको परीक्षणमा १६८ जना काेराेना संक्रमित भेटिएका हुन्। गौतमका अनुसार सोमबार काठमाडौँ जिल्लामा १३९ जना, ललितपुरमा १५ जना र भक्तपुरमा १४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो।

नेपालमा आइतबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । सक्रिय संक्रमितकाे संख्या ९ हजार ६ सय ३९ रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ४ सय ९५ पुगेको छ । हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।
प्रकाशित मिति : August 17, 2020 at 4:54 pm



