नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिएको छः राष्ट्रपति भण्डारी
३२ साउन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । सो अवसरमा राष्ट्रपतिले उहाँलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा बधाई दिँदै भविष्यमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : August 16, 2020 at 9:19 pm



