१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रेस काउन्सिलको सदस्यमा वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा भण्डारी नियुक्त

३२ साउन, काठमाडाैँ । प्रेस काउन्सिल नेपालको सदस्यमा वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा भण्डारी नियुक्त भएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले पाण्डे र भण्डारीलाइ काउन्सिलको सदस्यमा नियुक्त गरेका हुन । दुबै जना ४ वर्षका  लागि नियुक्त भएका हुन ।

२५ बर्षदेखि पत्रकारितामा सक्रिय पाण्डे नेपाल पत्रकार महासंघकाे लेखा समितिका पूर्व संयोजक हुन भने प्रकाश साप्ताहिकका प्रकाशक सम्पादक हुन । पत्रकारितामा क्रियाशिल अधिवक्ता दुर्गा भण्डारी पोखरामा बसेर पत्रकारिता गर्छिन । उनी नेपाल पत्रकार महासंघको पुर्व केन्द्रीय सदस्य हुन भने प्रेस चाैतारी नेपालको पूर्व सचिव हुन ।

प्रकाशित मिति : August 16, 2020 at 6:46 pm