कोरोना संक्रमणबाट नेपालमा थप २ जनाकाे मृत्यु, मृत्यु हुनेको संख्या १०४ पुग्यो
३२ साउन, काठमाडौँ । नेपालमा काेराेना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका १ जना पुरुष र मोरङका १ जना महिलाको काेराेनाबाट मृत्यु भएको हो ।

डा. गौतमका अनुसार आजसम्म कोरोना संक्रमणबाट प्रदेश १ मा १० जना, प्रदेश २ मा ४५ जना र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी १ सय ४ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : August 16, 2020 at 6:10 pm



