१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडौँ उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

३२ साउन, काठमाडाैँ । काठमाडौँ उपत्यकामा १७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि भएको  हाे । काठमाडौँका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ गरी १७२ जनामा कोरोना पुष्टि भएको हाे ।

आइतबार देशभर २१८ महिला र ४२३ पुरुषसहित थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याेसँगै कुल संक्रमितको संख्या २६ हजार ६६० पुगेको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९ हजार २२१ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३४ जनाले कोरोना जितेका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ। क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार २४३ जना पुगेको छ भने आइसोलेसनमा ८ हजार ७२४ जनाको उपचार भइराखेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : August 16, 2020 at 4:43 pm