१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

आइतबार ६४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्याे

३२ साउन, काठमाडाैँ । नेपालमा आइतबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । सक्रिय संक्रमितकाे संख्या ९ हजार २२१ रहेका छन् ।


पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ३३५ पुगेको छ । हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।

प्रकाशित मिति : August 16, 2020 at 4:26 pm