१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

तनहुँमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि

३२ साउन, तनहुँ । तनहुँको ब्यास नगरपालिका– १ मा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ब्यास–१ भादगाउँ रतौली टोलमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो । श्रीमान लमजुङ र श्रीमती तनहुँमै कार्यरत प्रहरी हुन् । प्रहरी दम्पत्तिकी आमा आमाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका  अन्य ४ सदस्यमा कोरोना परीक्षण गरिएकोमा चारै जनाकाे रिपाेर्ट पोजेटिभ देखिएकाे हाे ।

परिवारमा काेराेना देखिएपछि महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको छ ।

प्रकाशित मिति : August 16, 2020 at 2:13 pm