१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडाैँकाे तारकेश्वरमा काेराेनाविरूद्ध सचेतना र्याली (फाेटाेफिचर)

३२ साउन, काठमाडाैँ । काठमाडाैँकाे तारकेश्वरमा काेराेनाविरूद्ध सचेतना र्याली निकालिएकाे छ । काठमाडाैँकाे तारकेश्वर नगरपालिका- ४ गुप्तेश्वरमार्ग स्थित नमूना बस्ती टोल सुधार समितिले शनिबार काेराेनाबाट बच्न सचेतना र्याली तथा मास्क वितरण कार्यक्रमको आयोजना गरेको छ ।

स्थानिय जनप्रतिनिधी, प्रहरी, स्थानिय पत्रकार सहित समितिका अध्यक्ष नमिनाथ देवकोटा, उपाध्यक्ष इन्दिरा बस्नेत, कोषाध्यक्ष सुजना थापा सचिव कुमार थापासहित समितिका सम्पूर्ण सदस्यहरुको सकृय सहभागितामा कार्यक्रम सम्पन्न भएको समितिका अध्यक्ष नमिनाथ देवकाेटाले जानकारी गराउनु भएको छ। उक्त कार्यक्रममा समितिका सदस्यहरुको आर्थिक सहयोगमा करिव २० हजार थान मास्क वितरण गरिएको थियो।

सो र्याली भौतिक दूरी कायम गर्दै नमूना बस्तीबाट शुरु भई सानोपुल हुँदै सनफ्लावर स्कूल नजिक नमूना बस्ती प्रवेश द्वारमा पुगेर समापन गरिएकाे थियाे। र्यालीमा साबुनपानीले मिचिमिचि हात धोऔं,अनिवार्य रुपमा मास्कको प्रयोग गरौं, काेभिड १९ बाट आफू पनि बचौं अरुलाई पनि बचाऔं जस्ता सन्देशमुलक प्लेकार्ड सहित मास्क नलगाई हिड्रने सबैलाई मास्क वितरण गरिएको थियो । २०७७ बैशाख १ गते गठन भएको उक्त समितिले कमेरेखोला तथा आसपासका बस्तीमा सरसफाई सम्बन्धी विविध काम गर्दै आइरहेको छ ।

  

प्रकाशित मिति : August 16, 2020 at 12:42 pm