९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

वीर अस्पतालका नाममा चन्दा उठाउनु गलत, सफाइको खर्च सरकारले व्यहोर्छः राज्यमन्त्री अर्याल

१७ जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालका नाममा चन्दा उठाउनु गतल रहेको बतएकी छिन । बिहीबार वीर अस्पतालको आकस्मिक निरीक्षणमा निस्केकी राज्यमन्त्री अर्यालले पत्रकारहरुसँगको अन्तरक्रियामा अस्पतालमा नाममा चन्दा उठाउनु गलत भएको र अब त्यस्तो नहुने बताउनुभयो ।

बुधबार दैनिकी डटकममा धुर्मुससुन्तली फाउण्डेसनले अनधिकृत रुपमा अस्पतालको नाममा चन्दा संलकन गरेको समाचार प्रकाशित गरेको थियो । पत्रकारहरुले अस्पतालका नाममा फाउण्डेसनले चन्दा उठाइरहेको विषय उठाएपछि राज्यमन्त्री अर्यालले भनिन्, ‘सफाइ अभियानका क्रममा केही कमजोरी पक्कै भएका छन, हामी अब त्यस्ता कमजोरी नदोहोरिने गरी काम गर्छौँ । तपाईहरुले दिनुभएको महत्वपूर्ण सुझाव ग्रहण गर्दै अघि बढ्छौँ, सफाइमा स्वयंसेवी रुपमा पनि सहयोग जुटेको छ, यसको खर्च सरकारले व्यहोर्छ ।’

उनले देशैभरका अस्पताल र स्वास्थ्य संस्थालाई सफा बनाउने घोषणा पनि गरिन । आफ्नै पहलमा वीरबाट सफाइ सुरु गरेकी राज्यमन्त्री अर्यालले अस्पतको भित्तोमात्र सफा गर्ने नभइ प्रशासनकी विकृतिहरु पनि सफा गरिने बताइन ।

कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले आफूले वीरको प्रशासनलाई जानकारी गराएरै चन्दा उठाएको दाबी गरे । यद्यपी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा गणेश गुरुङले धुर्मुससुन्तली फाण्डेसनका नाममा चन्दा उठाएको विषयमा आफूलाई जानकारी नभएको बताए ।

 यो पनि पढ्नुहोस्

–युवा तथा खेलकुदमन्त्री विश्वकर्मा भन्छनः धुर्मुस त्यसपछि सम्पर्कमै आएनन् (भिडियोसहित)

–वीरका निर्देशक बस्नेत भन्छनः धुर्मुसबारे हाम्राे बोल्ने नीति सकियो

–वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन पाइदैनः स्वास्थ्य मन्त्रालय

–वीरको सफाइको नाममा रकम संकलन गर्दै धुर्मुस ! कसले दियो अनुमति ?

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार १७:३७