२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

भारतीय क्रिकेट टीमका पूर्वकप्तान धोनी र ब्याट्सम्यान रैनाले अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने

३२ साउन, काठमाडाैँ । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले अन्तर्राष्ट्रीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । धोनी र रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा भावुक पोस्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् ।

अब धोनी र रैनाले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन । तर धोनीले आईपीएल भने खेल्ने छन् । टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्न्यास लिने घोषणा गरेका थिए । महेन्द्र सिंह धोनीको सन्न्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको उल्लेख गरेका छन ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार ०८:०१