चितवनमा चिकित्सक र नर्ससिहत थप २७ जनामा कोरोना संक्रमण पुष्टि
३२ साउन, काठमाडाैँ । चितवनमा चिकित्सक र नर्ससिहत थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका अनुसार भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालामा ४७४ जनाको नमुना परीक्षण गर्दा २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकामा चिकित्सक र नर्स पनि रहेका छन । प्रयोगशालाको अनुसार संक्रमित २७ मध्ये २१ जना भरतपुर महानगरपालिका भित्रकै रहेका छन । त्यस्तै रत्ननगर नगरपालिकाका चार जना र खैरहनी नगरपालिकाका दुइ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : August 16, 2020 at 7:40 am



