१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

मेडिकल कलेजका बेड आइसोलेसनका लागि छुट्याएर उपचार सुरू गर्न सरकारको निर्देशन

३१ साउन, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने श्यया सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।

हिजो (शुक्रबार) पनि सबै निजी अस्पताललाई सङ्क्रमित राख्नका लागि २० प्रतिशत श्यया छुट्याउन अनुरोध गरेको थियो । यसैगरी मन्त्रालयले सभा, सेमिनार, आवासीय कार्यक्रम, गोष्ठी नगर्न अनुरोध गरेको छ । प्रवक्ता डा गौतमले अर्को सूचना नभएसम्म र मन्त्रालयको पूर्व स्वीकृत नलिइ कुनै पनि सभा/गोष्ठी नगर्न अनुरोध गरिएको बताउनुभयो । मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्नसमेत अनुरोध गरेको छ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मी सङ्क्रमित भएका भन्दै उनीहरुको सेवाको उच्च मूल्याङ्कन गर्नुको साटो दुव्र्यवहारमा भएका घटना सार्वजनिक भएको प्रति आपत्ति जनाउँदै दुव्र्यवहार नगर्न अनुरोध गरिएको हो । प्रवक्ता डा गौतमले दुव्र्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही गरिने पनि जानकारी दिनुभयो ।

प्रकाशित मिति : August 15, 2020 at 7:50 pm