१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालद्धारा मातहत विभागिय प्रमुखसँग कार्यसम्पादन सम्झौता

३० साउन, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत विभागिय प्रमुख र बाहिनीपतिहरुसँग कार्यसम्पादन सम्झौता गर्नु भएको छ । सशस्त्र प्रहरी बल¸ नेपाल प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच महानिरीक्षक खनालले विभागिय प्रमुखहरु एवं बाहिनीपतिहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्नु भएको हो ।

नेपाल सरकारद्धारा अख्तियार गरिएका नीति अनुसार सरकारका सम्पूर्ण अंगहरुलाई अझ बढी प्रभावकारी¸ जिम्मेवार¸ जवाफदेही तथा लक्ष्य केन्द्रित बनाउन कार्यालय प्रमुखहरुले तालुक कार्यालय प्रमुखहरुसँग वार्षिक कार्यसम्पादन सम्झौता गर्ने प्रचलन भए अनुरुप यस अघि महानिरीक्षक खनालले गृह सचिव महेश्‍वर न्यौपानेसँग सो सम्झौता गरी सक्नु भएको छ । सो कार्यक्रममा निर्देशन दिनुहुँदैं महानिरीक्षक खनालले सांगठनिक लक्ष्य प्राप्‍तीको लागि कार्य योजनाले मार्ग निर्देशन गर्ने भएकोले त्यही अनुसार आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्नु हुनेछ भन्‍ने विश्‍वास लिएको बताउनु भयो ।

यस प्रकारले कार्य सम्पादन सम्झौता विभागिय प्रमुखहरु र बाहिनीपतिहरुको क्षमता र कार्य दक्षताको परीक्षा समेत भएको बताउनु हुँदैं महानिरीक्षक खनालले सीमा सुरक्षार्थ थप केगर्न सकिन्छ भन्‍ने बारेमा कार्य योजना बनाउन समेत निर्देशन दिनु भयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रत्येक बाहिनीले स्थापना गर्नु पर्ने बि.ओ.पि.समयमानै स्थापना गर्नु पर्ने¸ कोभिड-19 संक्रमण रोकथाम र नियन्त्रण गर्न अहोरात्र परिचालित राष्ट्रसेवकहरुको समयमानै अदली-बदली¸ आवश्यक सुरक्षात्मक उपाय अपनाउन तथा मातहत कर्मचारीको गुनासोलाई उचित सम्बोधन गर्न निर्दशन दिनुभयो ।

कार्यसम्पादन सम्झौताले कर्मचारीलाई आफ्नो जिम्मेवारी र उत्तरदायित्व पुरा गर्न सदैव झकझकाउने र यसैलाई आधारमानी कर्मचारीले आफ्नो स्व: मुल्याड्ढन समेत गर्न सक्ने महानिरीक्षक खनालले बताउनु भयो । सोही अवसरमा संगठन प्रति नेपाल सरकार र नेपाली जनताबाट गरिएको आशा¸ विश्‍वास र भरोसालाई कायम राख्‍न सिमित श्रोत साधनका बावजुद कोभिड-19 संक्रमण रोकथाम र नियन्त्रणमा अहोरात्र परिचालित राष्ट्रसेवकहरुको उच्च प्रशंसा गर्नुहुदैं कार्य सम्पादनको क्रममा देखीएका कमी कमजोरीलाई सच्याउदैं आगामी दिनमा समेत त्रुटीरहित ढंगबाट तनमन र बचनका साथ अहोरात्र परिचालित भई जिम्मेवारी निर्वाह गर्न समेत निर्देशन दिनुभयो ।

प्रकाशित मिति : August 14, 2020 at 7:48 pm