सिन्धुपाल्चोकको पहिरो पीडितलाई गृहमन्त्री थापाद्धारा राहत वितरण
३० साउन, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्धुपाल्चोकका पहिरो पीडितलाई घटनास्थलमै पुगेर राहत वितरण गरेका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा शुक्रबार बिहान गएकने पहिरोमा परेका गाउँलेलाई गृहमन्त्री थापाले नेपाली सेनाको हेलिकोप्टरमार्फत पुगेर राहत बाँडेका हुन्। सिन्धुपाल्चोक पहिरोमा परेका मध्ये ३३ जना अझै बेपत्ता छन्।

पहिरोमा परेका ९ जनाको जीवितै उद्धार गरिएकाे छ। भने पहिरोमा परेर ९ जना घाइते भएका छन्। पहिरोले ३७ घर भत्किएकाे छ। पहिराेले घरबारविहीन भएका स्थानीयहरूका लागि गृहमन्त्री थापाले राहत वितरण गरेको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिएका छन्। गृहमन्त्री थापासँगै गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोक पुगेका थिए।

प्रकाशित मिति : August 14, 2020 at 5:46 pm



