२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

युवा तथा खेलकुदमन्त्री विश्वकर्मा भन्छनः धुर्मुस त्यसपछि सम्पर्कमै आएनन् (भिडियोसहित)

१७ जेठ, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन तम्सिएका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पछिल्लो समय सम्पर्कमै नआएको बताएका छन । बिहीबार मन्त्रालयको सय दिने प्रगति सार्वजनिक गर्दै मन्त्री विश्वकर्माले सरकारले आफ्नै हिसाबले रंगशाला बनाउने तयारी गरेपछि धुर्मुससँग सम्पर्क टुटेको बताए ।

फाइल फोटोः मन्त्री क्वाटरमै बोलाएर धर्मुससँग फोटो खिच्दै मन्त्री विश्वकर्मा ।

मन्त्री विश्वकर्माले भने ‘उहाँहरुले पहिले त मुलपानीमै रंगशाला बनाउने भन्नुभएको थियो, तर त्यहाँ हामीले मानेनौँ, त्यसपछि काठमाडौंबाहिर कता कता खोज्नुभयो, अनि गोदावरीमा बनाउने जानकारी दिन आउनुभएको थियो, तर त्यहाँ पनि प्राविधिक हिसाबले बनाउन मिलेन रे अहिलेचाहिँ उहाँहरु सम्पर्कमै हुनुहुन्न ।

उनले गोदावरीमा क्रिकेट रंगशालाका लागि ठिक छैन भन्नुको कारण आफूलाई थाहा नभएको बताए । यद्यपी उनले निजी क्षेत्रले गर्न खोजेको काममा सरकारले सहयोग गर्ने जानकारी दिए ।

मन्त्रीको भनाइ सुन्नुहोस्

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहीबार ११:५४