शिक्षण अस्पतालका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
३० साउन, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै त्रिवि शिक्षण अस्पतालमा काेराेना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ। इमर्जेन्सी विभागका एक सय बढी स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको अस्पतालले जनाएको छ।

उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् भने काेराेना संक्रमित स्वास्थ्यकर्मीहरु हाल अस्पतालको आइसोलेसनमा उपचाररत छन्। बुधबार ६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि इमर्जेन्सी विभाग सिल गरिएको थियो। इमर्जेन्सी विभाग बन्द रहे पनि ओपिडी र ओटी सेवा भने सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति : August 14, 2020 at 12:51 pm



