तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा काेराेना संक्रमण पुष्टि
३० साउन, चितवन । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा भानु नगरपालिकाको वडा नं. १ का ६ जना महिला र १४ जना पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । काेराेना संक्रमित हुनेमा ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका रहेका छन् ।

नगरपालिकाका अनुसार स्वाब संकलन गरिएका १२२ जनामध्ये ८९ को परीक्षण गर्दा २० जनामा काेराेना संक्रमण देखिएको हो । बाँकीको परीक्षण हुन बाँकी छ । नगरपालिकाभित्र आवतजावतमा रोक लगाउने तयारी भइरहेको छ । यसअघि नगर क्षेत्रमा १ जनामा कोरोना संक्रमण पुष्टि भएपछि भानु नगरपालिका गएको सोमवारदेखि एक हप्ताका लागि बन्द गरिएको थियो ।
प्रकाशित मिति : August 14, 2020 at 10:40 am



