नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु
२८ साउन , काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। सप्तरी १ जना र रुपन्देहीमा १जना र ललितपुरमा २ जना गरी ४ जना कोरोना संक्रमणको कारण मृत्यु भएको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ७२ वर्षीय वृद्धको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। मंगलबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको राति साढे ९ बजे आइसोलेसन लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए। उनि उच्च रक्ताचाप, दम र मुटुका रोगीसमेत थिए। योसँगै सप्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ। यस्तै, रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा १ जना काेराेना संक्रमितको मृत्यु भएको छ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का ४२ वर्षीय पुरुषको गएराति ४ बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। उनमा मंगलबार कोरोना पुष्टि भएको थियो। यस्तै ललितपुरको पाटन अस्पतालमा १ कोरोना संक्रमति महिलाको मृत्यु भएको छ। जनकपुर घर भएकी ति महिलाको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निशर्देक विष्णु प्रसाद शर्माले जानकारी दिए। मेनेन्जाटाइटिसको बिरामी महिला ५ दिन अघि अस्पतालमा भर्ना भएकी अस्पतालले जनाएको छ।
यस्तै ललितपुरको मेडिसिटी अस्पतालमा मंगलबार राति उपचाररत १ कोरोना संक्रमतिको मृत्यु भएको छ। कोरोनाका कारण जनकपुरका पूर्व मेरय तथा प्रसिद्ध रामा होटलका संचालक कृष्ण गिरीको मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएसँगै उनी २० दिनअगाडी अस्पताल भर्ना भएका थिए। उपचारको क्रममा गिरीको मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए। यो सँगै नेपालमा काेरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ८७ पुगेकाे छ।
प्रकाशित मिति : August 12, 2020 at 11:02 am



