१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु

२७ साउन, काठमाडाैँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २ तथा काभ्रे र सिन्धुपाल्चोकका १-१ जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षिय पुरुष रहेका छन ।

फाइल फाेटाे

उनको साउन २६ गते प्रादेशिक अस्पताल जनकपुरमा उपचरका क्रममा मृत्यु भएको हो । यस्तै धनुषाको मिथिला विहारी नगरपालिका ५ का ५० वर्षिय पुरुषको कोरोनाबाट साउन २५ गते निधन भएको हो ।

उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए । यसैगरी काभ्रेको पाँचखाल नगरपालिका १ बस्ने ५० वर्षिया महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुर र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ४ का ८४ वर्षिय वृद्धको २२ गते त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासीक तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

प्रकाशित मिति : August 11, 2020 at 5:53 pm