काेराेना कहरः अब हाेटल र रेष्टुरामा बसेर खान नपाइने
२७ साउन, काठमाडाैँ । अब हाेटल र रेष्टुराँमा बसेर खान नपाइने भएकाे छ । कोरोनाको संक्रमण बढदै गएपछि मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । रेष्टुरामा बसेर खान नपाइने तर रेष्टुराबाट लिएर खान भने पाइने भएको छ । ‘टेक अ वे’ लागु गरिएको छ ।

सरकारका प्रवक्ता एवं अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ मात्रै लागु हुने जानकारी दिए ।
प्रकाशित मिति : August 11, 2020 at 5:11 pm



