काठमाडाैँ उपत्यकामा थपिए १३४ जना काेराेना संक्रमित
२७ साउन, काठमाडाैँ । काठमाडाैँ उपत्यकामा१३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले काठमाडाैँ उपत्यकामा १३४ जनामा काेराेना संक्रमण पुष्टि गरेका हुन् । काठमाडौँका ११० जना , भक्तपुरका ८ जना र ललितपुरमा १६ जनामा गरी १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार थप ६३८ जनामा संक्रमण देखिएको हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २३ हजार ९४८ पुगेकाे छ । सक्रिय संक्रमितकाे संख्या ७ हजार २०१ पुगेकाे छ । पछिल्लाे २४ घण्टामा १७१ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १६ हजार ६६४ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७९ जना पुगेकाे छ । ६ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।
प्रकाशित मिति : August 11, 2020 at 4:49 pm



