दुई उल्टो शिशु पेटमा रहेकी २१ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
२७ साउन, मार्तडी । जिल्लाको पूर्वीउत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ की २१ वर्षीया सङ्गीता भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सोमबार सुत्केरी व्यथा लागेकी भण्डारीको गाउँपालिकामा रहेको हुनी महतीको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिनुभएको छ ।

उहाँले दिएको जानकारीअनुसार भण्डारीको पेटमा दुई उल्टो शिशु भएकाले सुत्केरी गराउन नसकी स्वास्थ्यकर्मीले सोमबार नै अन्यन्त्र पठाइए गरेपनि जिल्लामा व्यवस्था नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाएको भण्डारीले बताउनुभयो । हेलिकप्टरका लागि सोमबार नै कुरा गरेको र उक्त दिन मौसम खराबीका कारण हेलिकप्टर आउन नसकेपछि आज बिहान कैलाश उमावि महतीबाट उद्धार गरिएको प्रजिअ गैह्रेले बताउनुभयो ।
सोमबारदेखिको स्वास्थ्यकर्मीले प्रयास गर्दा राति एउटा बच्चा मृत जन्माएको र अर्को बच्चा पेटमै रहेको हुँदा उच्च रक्तस्राव भएको स्वास्थ्यकर्मीले बताएका छन् । सत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत उद्धार गरिएको हो ।
प्रकाशित मिति : August 11, 2020 at 4:35 pm



