१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बेलकोटगढीका पहिरो पीडितका लागि प्रदेश सरकारले २० लाख रूपैयाँ दिने

२६ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाका पहिरो पीडित नागरिकका लागि बागमती प्रदेश सरकारले प्रारम्भिक रूपमा राहतका लागि २० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बागमती प्रदेशको राजधानी हेटाैँडामा बसेको प्रदेशको विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले नुवाकोटको बेलकोटगढी नगरपालिकाका पहिरो पीडित नागरिकको राहतका लागि २० लाख रूपैयाँ राहत दिने निर्णय गरहेको हो ।

फाइल फोटो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक समेत रहेका नुवाकोटका सांसद केशव पाण्डेका अनुसार यो राहत प्रारम्भिक रूपमा वितरण गरिनेछ । केही समय यता पहिरोका कारण बेलकोटगढी नगरपालिका जनता पीडामा रहेका छन । पहिरोकै कारण बेलकोटगढीमा एक जनाको ज्यान समेत गएको छ । सांसद पाण्डेले पहिरो पीडित नागरिकका लागि स्थायी रूपमा स्थानान्तरण गर्नुपर्ने भए त्यसका लागि पनि अध्ययन गरेर काम गर्ने बताए । सांसद पाण्डेले पहिरो पीडितका लागि राहत दिन प्रदेश सरकारसँग अनुरोध गरेका थिए ।

तस्बीरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पाैडेल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक समेत रहेका नुवाकोटका सांसद केशव पाण्डे ।

प्रकाशित मिति : August 10, 2020 at 6:46 pm