२८ फाल्गुन २०८२, बिहीबार | Thu Mar 12 2026

वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन पाइदैनः स्वास्थ्य मन्त्रालय

१६ जेठ, काठमाडौँ । धुर्मस सुन्तली फाउण्डेसनले वीर अस्पतालको सरसफाइको नाममा सहयोग (चन्दा) संकलन गर्न नपाइने जनाएको छ । वीर अस्पतालमा सरसफाइका नाममा फाउण्डेसनले लाखौँ रुपैयाँ उठाएपछि दैनिकीले आजैमात्र समाचार प्रकाशित गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले दैनिकीसँग कुरा गर्दै स्वास्थ्य राज्यमन्त्रीको पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको र धुर्मुससुन्तुली फाण्डेसनलाई स्वयंसेवाका लागिमात्र आग्रह गरिएको जानकारी दिए । उनले भने, ‘वीर अस्पतालको सरसफाइ गर्न सरकार सक्षम छ । सफाइका नाममा कसैले पनि चन्दा दिनुपर्दैन । हामीले त स्वइच्छाले स्वयंसेवा गर्नेका लागि आग्रह गरेका हौँ । वीरको नाममा पैसा उठाएर काम गर्न कसैलाई अनुमति दिएको छैन, दिइदैन ।’

त्यस्तै स्वास्थ्य राज्मन्त्रीका स्वकीय सचिव राजेश शर्माले पनि स्वयंसेवी अभियानका लागि आग्रह गरिएको हो तर कसैले त्यसैको नाममा पैसा उठाएको भए त्यो गलत भएको बताए ।

यो पनि पढ्नुहोस्

–वीरको सफाइको नाममा धुर्मुस सुन्तली फाउण्डेसनको लुट ! के धुर्मुसलाई ठगी गर्न छुट छ ?

–वीर अस्पतालका निर्देशक भन्छन्– धुर्मुसलाई ब्राण्ड बनाइएको हो, सरसफाइ खर्च हाम्रै हो । (अनलाइनखबर डटकम)

–स्वास्थ्यमन्त्रीज्यू आफैँ ट्वाइलेट सफा गरेर कर्मचारीलाई ताली पिटाउने कि बर्खास्त गर्ने ?

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार १७:०६