६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

नुवाकाेटकाे दुप्चेश्वरका ३ जनामा काेराेना संक्रमण, गाउँपालिकाका सबै वडा बन्द गर्ने निर्णय

२६ साउन, काठमाडाैँ । नुवाकाेटकाे दुप्चेश्वर गाउँपालिकाका ३ जना पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे छ । गाउँपालिकाले २३ साउनमा ७ जना पुरुष र ४ जना महिलाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूमा पठाइएकोमा २६ साउनमा ३ जना पुरूषमा काेराेना रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।

 

काेराेना संक्रमित देखिएपछि गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अति आवश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालयहरु, बैंक तथा वित्तीय संस्था तथा अन्य संघसंस्थाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गर्ने निर्णय  गरेकाे जनाएकाे छ । साथै अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन तथा अति आवश्यक कामका लागि घर बाहिर निस्कनु परे आवश्यक सावधानी अपनाउन समेत गाउँफालिकाले अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : August 10, 2020 at 5:34 pm