१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काेराेनाका कारण काठमाडाैँका २ सहित थप ४ जनाकाे मृत्यु

२६ साउन, काठमाडाैँ । सोमबार कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँका २ तथा बाँके र पर्सामा १/१ जना रहेका छन ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौँको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो ।

फाइल् फाेटाे

यस्तै बाँकेको कोहलपुर नगरपालिका-२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उहाँले बताउनुभयो ।

२३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी-१५ का ४५ वर्षिया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : August 10, 2020 at 5:00 pm