२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

गोंगबुमा टाउको काटेर फालिएका पुरूषको पहिचान खुल्यो

२६ साउन, काठमाडाैँ । गोंगबु नजिकै टाउको काटिएको अवस्थामा फेला परेका व्यक्तिकाे पहिचान खुलेकाे छ । महानगरीय प्रहरी  वृत्त रानीपोखरीका अनुसार टाउको काटेर फालिएका ती व्यक्ति दाङका कृष्णबहादुर बोहोरा रहेको खुलेको हो।

टाउको काटेर सुटकेसभित्र शव राखिएको अवस्थामा फेला परेका उनको पहिचान नभएपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको थियो। बोहोराको टाउको सुटकेश भन्दा केही पर फेला परेको थियो। सुटेकशमा शव भेटिए पनि टाउको खोज्‍न प्रहरीलाई कठिन भएको थियो। उक्त टाउको प्रहरीकै एउटा तालिमप्राप्त कुकुरले भेट्टाएको थियो।

प्रकाशित मिति : August 10, 2020 at 4:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/