५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

वीरको सफाइको नाममा धुर्मुस सुन्तली फाउण्डेसनको लुट ! कसले दियो चन्दा संकलनको अनुमति ?

१६ जेठ, काठमाडौँ । धुर्मससुन्तली फाउण्डेसनले केही राम्रो कामको मुखडामा गलत काम गरिरहेको रहस्य सार्वजनिक भएको छ । वीर अस्पताल सरसफाइ तथा रंगरोगन गरेर राम्रो बनाउने अभियान स्वास्थ्यमन्त्रीको अगुवाइमा सुरु भएको थियो तर धुर्मुसले त्यसलाई क्यास गर्दै लाखौैँ रुपैँया उठाएका छन ।

तस्बीरमा सिताराम कट्टेल धुर्मुस र वीरका निर्देशक डा भुपेन्द्र बस्नेत ।

सरसफाइका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेरै रकम संकलनमा लागेको फाउण्डेसनले दैनिक लाखौँ रुपैयाँ उठाइरहेको छ । स्वास्थ्यमन्त्री पद्या अर्यालले अस्पताललाई अझ राम्रो बनाउँ भनेर अभियान चलाउन खोज्दा धुर्मुसलाई पनि खोजिएको थियो ।

केही दिनअघि अनलाइनखबर डट कमले लिएको अन्तरवार्तामा वीर अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले भनेका थिए ‘वीर अस्पताल सरसफाइ तथा रंगरोगन गरेर यसलाई अझ राम्रो बनाउने अभियान स्वास्थ्यमन्त्रीकै अगुवाइमा भएको हो । अलि सेलिब्रिटी ल्याएर गर्दा राम्रो हुन्छ कि भनेर गरेको मात्र हो ।

वीर अस्पताल देशको सम्पत्ति हो, यसको संरक्षण सम्बर्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन सक्छन् । मन्त्रीज्यूले अस्पताललाई अझ राम्रो बनाउँ भन्नुभयो । त्यसका लागि विज्ञ खोज्दा उहाँहरु पर्नुभयो । सफा सुग्घर गर्न सामान हामीले किनिदिएका छौं । उहाँहरुले विज्ञता प्रयोग गर्नुभएको छ । काम गर्ने मान्छे पनि हामीले दिएका छौं । उहाँहरुलाई हामीले सहयोग गरेका छौं । उहाँहरुले केही कुरा स्वयंसेवी रुपमा गर्नुभएको छ ।’

अनलाइनखबरमा प्रकाशित अन्तर्वार्ता ।

अस्पतालले आफ्नै खर्चमा सरसफाइ गरेको बताएपनि सिताराम कट्टेल धुर्मुसले फाण्डेसनले सफाइकै लागि ४७ लाख खर्च भएको बताएको राष्ट्रिय समाचार समितिले आज जनाएको छ । वीर अस्पतालले खर्च आफैँले व्यहोरेको भन्ने, धुर्मुसले ४७ लाख खर्च भएको बताउनुले सफाइको नाममा फाउण्डेसनले ठगी गरिरहेको देखिएको छ ।

धुर्मुसले ४७ लाख खर्च भएको जानकारी दिएको राससको समाचार ।

वीरका निर्देशकले काम गर्ने मान्छेदेखि खर्चसमेत अस्पतालले नै गरेको बताउनु र धुर्मुसले ४७ लाख खर्च भएको बताउनुले नै थुप्रै प्रश्नहरू जन्माएको छ । झ फाउण्डेसनले वीरकै सफाइको नाममा पैसा उठाउनुमा गलत नियत समेत देखिएको छ । धुर्मस राष्ट्रका गहना हुन तर उनले जसरी काम गरिरहेका छन त्यो ठगी हो ।

हिजोमात्रै धर्मुस सुन्तली फाउण्डेसनलार्इ पर्यटन व्यवसायमा रहेका केही व्यक्तिले ८ लाख १५ हजार २३० रूपैयाँ सहयोग गरेका छन । सरकारी स्वामित्वयमा रहेको अस्पतालको सरसफाइको खर्च अस्पताल आफैँ व्यहोर्छु भनिरहेको छ यद्यपी यता धर्मुसले वीरकै नाममा पैसा संकलनको कामलार्इ जारी राखेकाछन ।

यस समाचार प्रकाशित भैसकेपछि हाम्रो सम्पकर्कमा आएका धुर्मुसले आफूले गलत नियतले रकम नउठाएको दाबी गरेका छन । उनले भने,  ‘धेरै साथीहरूलार्इ अस्पतालमा लगेर काम लगाएको छु । उनीहरूलार्इ पैसा दिनुपर्यो अनि सामान पनि किन्नु पर्यो त्यसकारण मैले फाउण्डेसनका नाममा सहयोग संकलन गरेको हुँ ।’ नउले भने ‘मैले हिजोको रकम लिँदा त वीर अस्पतालका निर्देशक स्वयं पनि सहभागी रहेका छन । उहाँहरूको दोहोरो कुरा देखियो, सहयोग संकलनमा पनि बस्ने अझ अन्य व्यपारीहरूलार्इ पनि भनिदिन्छु भन्ने र अनि मिडियामा खर्च हामीले नै व्यहोर्ने हो भन्दै अन्तर्वार्ता दिँदै हिड्दाँ समस्या परेको छ ।’

दैनिकीका तर्फबाट कुन सर्तका आधारमा वीर अस्पतालमा काम सुरू गर्नु भयो भन्ने प्रश्नमा धुर्मुसले भने ‘आफूले कुनै कागज पनि नगरेको मन्त्रीज्यूले नै सफाइ अभियानमा सहयोग गरिदिनुपर्यो भनेकाले सहयोग गरेको बताए । उनले भने काम गर्दै जाँदा रङ्गरोगन गर्ने र अन्य मर्मतको काम पनि गर्ने कुरा भयो हामीले गर्दै गयौँ, काम गर्दै जाँदा खर्च पनि हुँदै गयो त्यसपछि मैले सहयोग संकलन गरेको हुँ ।’ अस्पतालका निर्देशकको व्यवहारबाट निराश बनेका धुर्मुसले सुरूमा मौखिक रूपमै आफूलार्इ काम लगाएर अफ्ठेरोमा पारिएको बताए ।

सरसफाइको खर्चको विवरण देखाएर वीरका निर्देशकले ठग्दैछन वा धर्मुसनै ठगीमा छन यसको छानविन वा अनुसन्धानपछि तत्थ सार्वजनिक हुनेनैछ ।

यो पनि पढ्नुहोस् 

–वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन पाइदैनः स्वास्थ्य मन्त्रालय

–स्वास्थ्यमन्त्रीज्यू आफैँ ट्वाइलेट सफा गरेर कर्मचारीलाई ताली पिटाउने कि बर्खास्त गर्ने ?

–वीर अस्पतालका निर्देशक भन्छन्– धुर्मुसलाई ब्राण्ड बनाइएको हो, सरसफाइ खर्च हाम्रै हो । (अनलाइनखबर डटकम)

वीरको सफाइमा सहोगका लागि ५० हजार सहयोग गर्दै अदिती घिमिरे । धुर्मुस सुन्तली फाउण्डेसनको फेसबुक पेजको स्क्रिन्सट ।

२९ बाल्टी रंग सहयोग गर्दै महालक्ष्मी पेन्टस्का अधिकारी ।

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार ११:२९