१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

आइतबार ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २२ हजार ९७२ पुग्याे

२५ साउन, काठमाडाैँ । आइतबार ३८० जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार थप ३८० जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २२ हजार ९७२ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ४० जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर निको हुनेको संख्या हालसम्म १६ हजार ३५३ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७५ जना पुगेकाे छ । ७ वटा जिल्ला काेराेना मुक्त भएका छन् ।

प्रकाशित मिति : August 9, 2020 at 4:26 pm