२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

पुलबाट हामफालेकी महिलाकाे प्रहरीद्धारा जिवितै उद्धार

२५ साउन, काठमाडाैँ । सशस्त्र प्रहरीले रुपन्देहीबाट १ जना युवतीको जिवितै उद्धार गरेको छ । सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा साउन२४ गते पुलबाट हाम्फालेकी २७ बर्षिय पबित्रा अधिकारीको सशस्त्र टोलीले जीवितै उद्धार गरेको हो ।

 सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको टोलीले अधिकारीको उद्धार गरेको हो। उनि पुलबाट हामफालेको सूचना पाएसँगै उद्धारका लागि गएको प्रहरीले उनलाइ जिवितै उद्धार गरेको छ। उनलाई उपचारका लागि भीम अस्पताल भैरहवा लगिएको सशस्त्रले जनाएको छ। उनले किन त्यस्ताे कार्य गरिन् भन्ने अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : August 9, 2020 at 2:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/