१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

पोखराको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ६२ वर्षीय पुरुषको निधन

२५ साउन, काठमाडाैँ । पोखराको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका कोरोना संक्रमित ६२ वर्षीय पुरुषको निधन भएको छ ।  कोरोना संक्रमण भएका ६२ वर्षीया पुरूषको निधनसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

फाइल् फाेटाे

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी उक्त पुरूषको गएराति ११ः३५ मा मृत्यु भएको निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । ती पुरूष यही साउन १७ गते अस्पताल भर्ना  भएका थिए ।  उनको आईसीयूमा उपचाररत रहेका थिए ।  उनी मधुमेह अर्थात चिनी रोगबाट पीडित थिए ।

प्रकाशित मिति : August 9, 2020 at 8:32 am