१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

गायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण

२४ साउन, काठमाडाैँ । गायक प्रेमराजा महत र उनकी श्रीमती कविता महतलाई कोरोना संक्रमणमा पुष्टि भएकाे छ । महत परिवार अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा व्यवसाय गर्दै आएको छ। महत आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

महतले लेखेका छन्, ‘ध्यान राख्दा-राख्दै दुर्भाग्यवश हाम्रो श्रीमान/श्रीमती पनि यसबाट बँच्न (जोगिन) सकेनौ। हामी अहिले आफ्नै घरको एक एक कोठामा आइसोलेसनमा छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं।’ अमेरिकाका लागि नेपाली महावाणिज्यदूतसमेत रहेका तनहुँका गायक महत मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा सन् १९९०को दशकदेखि व्यवसाय गर्दै र बस्दै आएका छन्। उनले नेपाल हाउस नामक रेष्टुराँ चलाएका छन् भने सामाजिक रूपमा पनि निकै सक्रिय छन्।

प्रकाशित मिति : August 8, 2020 at 11:36 am