१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडौँ उपत्यकामा थपिए १०६ जना कोरोना संक्रमित

२३ साउन, काठमाडौँ ।  काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएकाे बताएका हुन्।

भक्तपुरका ८ जना , काठमाडौँका ८८ जना, ललितपुरका १० जना गरी जम्मा १०६ जनामा कोरोना संक्रमण  देखिएको मन्त्रालयले पुष्टि गरेको छ। यस्तै शुक्रबार  ४६४ जनामा काेराेना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ। प्रवक्ता गौतमका अनुसार कुल  नेपालमा अहिले संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेका छन्। मन्त्रालयका अनुसार कोरोना संक्रमण बाट ७० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : August 7, 2020 at 4:53 pm