६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

काेराेना संक्रमणकाे दर बढ्दै गए स्वास्थ्य संस्थाले धान्न मुस्किल हुन्छ : स्वास्थ्य मन्त्रालय

२२ साउन, काठमाडौँ । नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले सुरक्षाका विधिहरु अनिवार्य पालना गर्न भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले अहिलेकै जसरी काेराेना संक्रमण दर बढ्दै गएमा नेपालमा रहेको स्वास्थ्य संस्थाहरुले धान्‍न नसक्ने बताएका हुन्। काेराेना ‘संक्रमण बढ्दै गएमा स्वास्थ्य संस्थाले धान्न मुस्किल हुन्छ,’ नियमित प्रेस ब्रिफिङमा गौतमले भने, ‘स्वास्थ्यकर्मीहरुले अनिवार्य जनस्वास्थ्यको प्रोटोकलहरु पालना गर्नुपर्नेछ।

स्वास्थ्यकर्मीहरुलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाइनु पर्नेछ।’ त्यस्तै सीमा क्षेत्रमा सचेत हुन सबैमा आग्रह गरिएकाे छ । ‘भारतसँग सिमा जोडिएका क्षेत्रमा काेराेना संक्रमणको जोखिम बढि भएकोले प्रदेश सरकारले स्थानीय सरकारले आवश्यक तयारी गर्नुपर्ने गौतमले जनाएका छन्। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन सरकारले  सबैमा आग्रह गरेकाे छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १६:५२