५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दोहोरो समाजिक सुरक्षा भत्ताको अन्त्य, ७० वर्ष माथिका नागरिकको स्वास्थ्य बीमा सरकारले गर्ने

१५ जेठ, काठमाडाैँ । सरकारले दोहोरो समाजिक सुरक्षा हटाउने घोषणाा बजेटले गरेको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले अब समाजिक सुरक्षा कार्यक्रमलाई योगदानमा आधारित बनाउँदै लैजाने घोषणा  गरे ।

उनले जेष्ठ नागरिक, अपांग, एकल महिला, लोपोन्मुख आदिवासी जस्ता विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता दिइदैँ अाएकोमा यसमा एउटामा पाउनेले अर्काेमा नपाउने व्यस्था गरेकाे बताए ।

उनले समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा गरे । त्यस्तै ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने घाेषणा पनि गरेका छन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलवार १७:००