५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गोली हानेर रकम लुट्ने दुई जना ९ लाख सहित समातिए, प्रहरीले लुटेराको नाम गाेप्य राख्यो

१३ जेठ, कैलाली । नेपाल प्रहरीले गोली प्रहार गरी लुट्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको गेटाबाट गोली प्रहार गरी ९ लाख लुटेर हिड्ने दुई जनालाई रकमसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले पक्राउ परेका व्यक्तिको नाम अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने बताए । उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको छ ।

बिहान पौने १० बजे धनगढीको चौराहास्थित सेन्चुरी बैंक अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए ।

यो पनि पढ्नुहोस्

–कैलालीमा आईएमईको कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार, कार्यालय लादैँ गरेको ९ लाख लुटियो

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार १२:२३