१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा र्याण्डी डब्लु बेरी

१२ जेठ, काठमाडौं । र्याण्डी डब्लु बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिस भएका छन । राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नेपालका लागि नयाँ राजदूतका रुपमा सिफारिस गरेका हुन् । अमेरिकाको संसदले ट्रम्पको सिफारिस पारित गरेपछि बेरी नेपाल आउनेछन् ।

वर्तमान राजदूत रहेकी एलियना बी टपलेज श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जान लागेकी छिन । सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफ्रिका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनितिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १५:४२