२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

कमै पाेल्छ अागाेले त तिमीले बढी पाेल्याै (गजल)

–राधेश्याम गजुरेल

पत्थर भै जिवित छु नुन किन बार्याै

अझैपनि तिम्रो याद जिउंदाे लास पार्याै ।

कमै पाेल्छ अागाेले त तिमीले बढी पाेल्याै

निर्दाेषीकाे दाेष देखाई झुट कुरा बाेल्याै  ।

वियाेगमा तालि वजाई खुबैसित नाच्याै

पीडाजति मलाई छाडी तिमी बढि हास्याै ।

परैबाट जाउ भन्दा साथ तिमले खाेज्याै

मेराे संसार भत्काएर सुन्दर संसार राेज्याै ।

प्रकाशित मिति : May 26, 2018 at 1:25 pm