९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता

११ जेठ,पाल्पा । कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् ।

त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उनीहरु बिहीबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कूलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको र दुईजनाको नदीबाटै उद्धार गरिएको छ ।

उद्धार गरिएका दुई युवकको अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवाको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७५, शुक्रबार ०९:४७