५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताका लागि मैदान तयार

१० जेठ, नुवाकोट । नुवाकोट जिल्लामा पहिलोपटक  हुन लागेको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता नुवाकोट गोल्डकप फुटबलका लागि मैदान तयार भएको छ ।  जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा संचालन हुने नुवाकोट गोल्डकप फुटबलको तयारी स्वरुप दुबो रोपेर मैदान सम्मयाउने काम सकिएको एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरुले दैनिकीलाई जानकारी दिए । उनका अनुसार मैदानमा दुबै रोप्ने कामसँगै तीन हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण भएको छ ।

खेल मैदान सम्याउने र व्यवस्थित गर्ने काममा नेपाली सेनाका जवानहरुले सहयोग गरेका थिए ।  आगामी जेठ १७ गतेदेखि २६ गतेसम्म संचालन हुने प्रतियोगिता अवलोकन लागि दर्शकले साधारणतर्फ ५०/१०० सय रुपैयाँ तिर्नुपर्नेछ भने पुरै खेल हेर्न सहयोगसहित तीन हजार तिर्नुपर्ने पनेरुले जानकारी दिए ।

उपाध्यक्ष पनेरूका अनुसार प्रतियोगितामा मनाङ मस्र्याङ्दी, थ्रिस्टार, पोखरा–११ लगायतका ‘ए’ डिभिजन कल्वहरु, विभागीय टिमहरु र नुवाकोटको टिम सहित १० टिमको सहभागिता जनाउनेछन । प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्नेले पाँचलाख र दोस्रो स्थान प्राप्त गर्नेले तीनलाख रुपैया पुरस्कार प्राप्त गर्नेछन ।

प्रकाशित मिति : १० जेष्ठ २०७५, बिहीबार १८:४१