६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

पाटन अस्पतालको पोर्टेबल अल्ट्रासाउन्ड चोरेको अभियोगमा डा. प्रवीण मिश्र बानेश्वरबाट पक्राउ

२८ जेठ, काठमाडाैँ ।  पाटन अस्पतालको पोर्टेबल अल्ट्रासाउन्ड चोरेको अभियोगमा डा. प्रवीण मिश्र बानेश्वरबाट पक्राउ परेका छन । प्रहरीका अनुसार पाटन अस्पतालको आइसियू कक्षबाट पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा डा. मिश्रसँगै अहेव रमेशकुमार शर्मा पनि पक्राउ परेका छन ।

ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले दुबै जनालाइ काठमाडाैँको नयाँ बानेश्वरबाट पक्राउ गरिएको बताएका छन । झण्डै २० लाख ७९ हजार रुपैयाँ पर्ने पोर्टेबल अल्ट्रासाउण्ड स्वास्थ्यकर्मी व्यस्त रहेको बेलामा चोरी भएको थियो । अस्पतालले प्रहरीमा उजुरीदिएपछि प्रहरीले चोर खोजिरहेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा पाटन अस्पतालमै कार्यरत कर्मचारीको मिलेमतोमा डा मिश्रले मेशिन चोरी गरेको खुलेको छ । जिल्ला अदालत ललितपुरबाट पाँच दिनका लागि म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ प्रहरीले दिएको सूचना

मिति २०७७।०२।१७ गतेको दिन विहान ०८:३३ बजेको समयमा पाटन अस्पतालको ICU वार्डमा रहेको मुल्य रु. २०,७९८०७।– पर्ने पोर्टेवल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौ भन्ने वहाना बनाई सो वार्डमा रहेका स्वास्थ्यकर्मीहरु व्यस्त रहेको मौका छोपी उक्त मेसिनको पार्ट पुर्जाहरु चोरी गरी लगेको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला सर्लाही बलरा न.पा. वडा नं.१ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.३१ मा बस्ने बर्ष ३६ को डा. प्रविन मिश्र र जिल्ला महोत्तरी बर्दिवास न.पा. वडा नं. १३ बर्दिवास बस्ने बर्ष २० को रमेश कुमार शर्मा समेतको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको हुँदा चोरी गरेको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित बरामद गरी निजहरुलाई पक्राउ गरी मिति २०७७।०२।२८ गते सम्मानित ललितपुर जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको ।

प्रकाशित मिति : June 10, 2020 at 10:09 pm