१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

बैसको यो झुटो प्यार बेकार हो (गजल)

–शम्भु पुडासैनी

जवानीको त्यो शृगार बेकार हो
चैरासी ब्यान्जन आहार बेकार हो ।।

मरे पछि नाङ्गै नै जानू छ आर्यघाट
गलामा तिम्रो हिराको हार बेकार हो ।।

एक्लै जन्मिएर एक्लो मर्नु पर्छ यहाँ
बैसको यो झुटो प्यार बेकार हो ।।

आत्माबिना कसरी सार्थकता हुन्छ
भोगाइ क्षेणिक सन्सार बेकार हो ।।

मिलेर बसे जीवनमा सुख मिल्छ
बिना कारणको मारामार बेकार हो ।।

–बेलकोटगढी ८, नुवाकोट
हाल दक्षिण कोरिया ।

प्रकाशित मिति : May 23, 2018 at 4:06 pm