४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाली राजदूतावास मलेसियामा कार्यरत कर्मचारी नै मेनपावर व्यवसायी (प्रमाणसहित)

८ जेठ, काठमाडाैँ  । नेपाली राजदूतावास मलेसियामा कार्यरत कर्मचारी मेनपावर व्यवसायी भएको प्रमाणित भएको छ । दूतावासमा सवारी चालकको रुपमा मलेसिया पुगेका प्रविन प्रधान उत्सव एच. आर. सोलुसन प्रा. लि. पिङ्गलास्थान–९ गौसलाको कार्यकारी निर्देशक रहेको खुलेको छ ।

उनी नेपाली राजदूतावास मलेसियाको प्रशासनिक सवारी चालकको रुपमा काम गर्दै आईरहेका छन् । उनी दूतावासको कर्मचारीको हैसियतले मलेसियामा रहेको विभिन्न कम्पनीहरुमा गएर नेपाली कामदारहरुको माग पत्र लिने तथा दूतावासमा अन्य मेनपावर व्यवसायीहरुको कागजपत्र वैधानिक गर्ने गरेको खुल्न आएको छ ।

मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका नेपाली कामदारहरुसँग मलेसियन आरएम तीन हजार रुपैँया लिएर पासपोर्टसमेत बनाउने धन्दामा रहेको स्रोतले जानकारी दिएको छ । यस सम्बन्धमा दूतावाससँग सम्पर्क गर्दा आवश्यक छानवीन भैरहेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १८:०४