काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
२० जेठ, काठमाडौँ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।
प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १६:४८