४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सुन तस्कर गोरे र सिके राउत समर्थक मानव अधिकार संगठनकाे यस्तो कनेक्सन (हेर्नुहोस् पत्र)

–दुर्गा पुडासैनी
८ जेठ, काठमाडौँ । सिके राउतको गतिबिधिलाई समर्थन गर्दै आएको नेपाल मानवअधिकार संगठन र सुन तस्करीका नाइके चुडामणि उप्रेती गोरेको कनेक्सन सार्वजनिक भएको छ । मानव अधिकार संगठनसँगको कनेक्सनका कारण गोरेको पक्राउ पनि विवादमा परेको छ ।

मंगलबार प्रहरीले ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तगोरेलाई सार्वजनिक गरेको पछि उनले आत्मसमर्पणका लागि लेखेको पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएसँगै छानबिन समितिको पक्राउ गरेको दाबीमाथि प्रश्न उठेको छ । गोरेले ०७५ जेठ ३ गते लेखेको पत्रमा आफूले केही कुरा राख्न चाहेको बताएका छन ।

उनले पत्रमा लेखेका छन ‘प्रस्तुत विषयमा हाल नेपालमा चर्चामा रहेको ३३ किलो सुन प्रकरणमा मलाई मात्र दोषी देखाई विभिन्न पक्ष व्यक्तिले मेरै ज्यान लिनेसम्मको घटना घटाई अनुसन्धानमा रहेको विषयमा आफ्ना कुरा राख्न समेत बञ्चित गराउने र दोष जति सबै मेरा थाप्लामा हाल्ने देखिएकोले म आफ्नो राय राख्न तथगा मसँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानबिन समिति समक्ष राख्न चाहन्छु ।’

सँगै गोरेले ३३ किलो सुन काण्डमा तीन जनाको हत्या भइसकेकाले आफ्नो पनि जीवन खतरामा परेको भन्दै उनले आत्मसमर्पण गर्नुपरेको उल्लेख गरेका छन् । आत्मसमर्पणका लागि गोरेका नाममा लेखेको पत्रको आधिकारिकतामा पनि छानविनको नाममा पुष्टि होला यद्यपी यो घटनासँगै नेपाल मानव अधिकार संगठन भन्ने संस्था के सम्मका काम गरिरहेको छ र कसका लागि काम गरिरहेको छ भन्ने प्रश्न पनि उठेको छ । अनि गाेरेले किन मानव अधिकार संगठनलार्इ नै रोजे भन्ने प्रश्न पनि सँगै जोडिएर अाएको छ ।

नेपाल टुक्राउन पर्छ भन्ने राउतलाई समातेर थुन्दा विज्ञप्ति मार्फत बिरोध जनाउने संगठनका बारेमा फेरि गोरे कनेक्सन देखिनुले संस्था माथि पनि छानविनको आवश्यकता देखिएको छ । मानवअधिकार नाममा संगठनले अर्कै धन्दा त चलाइ रहेको छैन भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।

यो पनि पढ्नुहोस् 

–हत्कडी बिनै विराटनगर पुर्याइयो गोरेलार्इ

–सुन तस्करीका नाइके गोरेले प्रहरीकै अघि यसरी खोलेर देखाए अुनहार (फोटोफिचर)

–काठमाडौँबाटै पक्राउ परे सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’

सिकेका लागि संगठनले निकालेको विज्ञप्ति ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार १७:३७