३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

संस्थागत निर्णयबाट बेखबर र दुःखी नेकपा नेता कांग्रेसको उस्तै निर्णयमा भने खुशी र उत्साही !

-प्रतिमा ढुङ्गाना

१८ जेठ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकाले भारतले अतिक्रमण गरेको सुदुरपश्चिम प्रदेशको कालापनी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि अहिले राजनीतिक वृतमा छुट्टै तरंग सिर्जना भएको छ । ओली सरकारले महत्वपूर्ण साहसका साथ अतिक्रमित नेपाली भूमि फिर्ता गराउन नयाँ नक्सा जारी गरेर कुटनीतिक प्रयासहरू प्रभावकारी रूपमा अघि बढाएपछि केही मानिसहरूको दिनको चयन र रातको निन्द्रा दुबै गायब भएको छ ।

यस्तो गरी निन्द्रा र चयन दुबै गायब भएकामा व्यापारीको दलाली गर्ने, विगतदेखि भारतीय दूतावासबाट दानापानी बुझ्दै आएकाहरू धेरैछन । कतिपयले सार्वजनिक रूपमै यस विषयमा भारतको पक्षपोषण गर्दै आएका छन भने कतिपयले नक्सा जारी गर्नका लागि नेकपा र सरकारले भन्दा बढी कांग्रेसले योगदान गरेको आशयको प्रतक्रिया जनाइरहेका छन । यस प्रकरणमा धम्कीपूर्ण स्वागत गरेका कारण डा बाबुराम भट्टराइ र भारतको भक्तिगान प्रस्तुत गरेर राजपाकी नेतृ सरिता गिरीको थ्रुप्रै आलोचना पनि भएको छ ।

नेकपाको दोस्रो पूर्ण बैठकको फाइल तस्बीर ।

सकारले जारी गरेको नयाँ नक्सा निशान छापमा प्रयोगमा ल्यानका लागि संविधान संशोधन आवश्यक भएपछि सरकारले संसदमा विधेयक दर्ता गर्यो उक्त विधेयक दर्तासँगै प्रधानमन्त्री ओली स्वयंले सर्वदलीय बैठक बोलाए । उक्त बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा छलफल गर्नुपर्ने भन्दै समय मागे र हिजो शनिबार मध्यरातमा कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्न संसदीय दललाइ निर्देशित गर्यो ।

कांग्रेसले संविधान संशोधनमा समय मागेका करण मतदानमा पक्षमा सहभागी हुँदैन कि भन्ने संसयकाबीचमा मध्यरातमा निर्णय भएपछि उसको प्रशंशा गर्नु कुनै नौँलो कुरा होइन तर नेकपाका केन्द्रीय सदस्यहरू जो गत माघमै पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएर निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिए उनीहरू नै कांग्रेसले ठीक गर्यो तर नेकपाले गर्न सकेन भन्ने आशयका प्रतिक्रिया दिएरहेका छन ।

नेकपाका नेता विष्णु रिजाल र चुडामणि जंगली ।

नेपाली कांग्रेस नै प्रवेश गरौँ कि झैँ खालका प्रतिक्रिया दिनेमध्ये नेकपाका दुइ केन्द्रीय सदस्यले सामाजिक सञ्जालमा व्यक्त गरेको प्रतिक्रिया नियाल्यौ भने नेतृत्वप्रति नेताहरूको कुण्ठा कति रहेछ भन्ने देखाउँछ । गत माघ (१५-१९)सम्म भएको केन्द्रीय समितिको बैठकले गरेको निर्णयमा नै भारतले अतिक्रमण गरेको नेपाली भूमि फर्काउनका लागि सरकारको ध्यानाकर्षण गराउने र नयाँ नक्सा जारी गराउने विषयमा निर्णय गरेको थियो । दोस्रो पूर्ण बैठकले गरेका ११ बुँदे निर्णय मध्ये ८ नम्बर बुँदा कालापानी, लिपुलेक र लिम्पियाधुराको सन्दर्भ उल्लेख गरेको छ ।

त्यतिमात्रै होइन नेकपाले राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपहिले नै  नेकपा सचिवालय बैठकमा भारतले अतिक्रमण गरेको भूमिका सन्दर्भमा नयाँ नक्सा जारी गरेर अघि बढ्नुपर्ने सुझाव दिएको थियो । सोही आधारमा सरकारले नीति तथा कार्यक्रममा उक्त विषय समेटेको थियो भने त्यसको केही दिनमै मन्त्रिपरिषद्ले नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न सरकारले अहिले संसदमा संविधान संशोधन विधेयक प्रस्तुत गरेको छ ।

नेकपाका नेताद्धय विष्णु रिजाल र चुडामणि जंगलीले लेखेको प्रतिक्रिया ।

तर नेकपाकै केन्द्रीय सदस्यद्धय चुडामणि जंगली र विष्णु रिजालले कांग्रेसबाट सिक्नुपर्ने खालको प्रतिक्रिया दिएका छन । वास्तवमा आफूँ सहभागी भएको केन्द्रीय कमिटीले गरेको निर्णय समेत नजान्ने यस्ता नेताहरू भने कांग्रेसबाट नेकपाले सिक्नुपर्ने बताएका छन । चुडामणिले लेखेका छन ‘संविधान संशोधन जस्तो अहंम विषयमा नेपाली काँग्रेसले संस्थागत निर्णय गरेर एक वा दुई अध्यक्षको लहडमा चल्ने पार्टीहैन भनेर देखाई दियो।’ उनले नेतृत्वप्रति कुण्ठा पाल्दा पार्टीले केके निर्णय गरेर अघि बढीरहेको छ भन्ने कुरा समेत विर्सिएको देखियो ।

यस्तै नेकपाकै अर्का नेता विष्णु रिजालले पनि चुडामणिकै शैलीमा प्रतिक्रिया दिएका छन । रिजालले लेखेका छन ‘केन्द्रीय समितिबाट सीमाका बारेमा निर्णय गरेर कांग्रेसले राम्रो निर्णयका लागि राम्रो तरिका अपनाएको छ। अहम् मुद्दामा सबैको अपनत्व दर्शाएर नेतृत्व गर्न सक्नुपर्छ । बैठक बसाएमा त्यसमा अरुको पनि स्वामित्व दावी हुन्छ भनेर हतारहतार गर्ने कुराले व्यक्तिलाई केन्द्रमा राख्दछ, पार्टीलाई होइन।’ रिजालले नक्साको विषयले ओलीलाइ मात्र केन्द्रमा राख्न खोजेको संकेत गर्दै कांग्रेस बैठकको प्रशंशा गरेका छन ।

वरिष्ठ नेता माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले सेयर गरेको समाचारको स्क्रिन सर्ट र नेता रिजालको सेयर गरेको स्टाटस (तल रातो भूइँमा) ।

रिजालको उक्त भनाइमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले पनि सेयर गर्दै सहमति जनाएका छन । नक्सा विवादको विषयमा नेकपाको सचिवालय बैठकले जेठ १ गते निर्णय गर्दा पनि माधव नेपाल समेत सहभागी थिए । अझै आश्चर्य त के भने जेठ १ मा सचिवालयले नक्सा जारी गर्न सरकारलाइ अनुरोध गर्ने निर्णय गरेर नीति तथा कार्यक्रममा समेटिएपछि उक्त प्रस्ताव माधव नेपालकै जोडमा आएको भन्दै प्रचार गराउनेमा उनै गौतम लगायका थिए । यहाँ विधि र थितिको कुरा गर्नेहरूले कस्तो विधि र थिति खोजेका हुन भन्ने प्रश्न उठेको छ । नेकपा भित्रको संस्थागत निर्णय र प्रक्रिया नदेख्नेहरू र दुःखीहरू हुनेहरू नै कांग्रेसको उस्तै खालको बिधि र थितिबाट भने खुशी देखिनुले भोलिका लागि के संकेत गर्छ भन्ने स्पष्ट नै आँकलन गर्न सकिन्छ । चुडामणि र विष्णुले नै जान्न नचाहेको नेकपाको केन्द्रीय समितिको बैठकको निर्णय तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : June 1, 2020 at 7:00 am