७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काेराेनाबाट २ वर्षिया बालिकासहित २ जनाकाे मुत्यु, मृतककाे संख्या ८ पुग्याे

१८ जेठ, काठमाडाैँ । काेराेनाबाट २ वर्षिया बालिकासहित २ जनाकाे मुत्यु भएकाे छ । पछिल्लो २४ घन्टामा २ जनाले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।

शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी दुई वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।

प्रकाशित मिति : May 31, 2020 at 4:43 pm